देशभर एनसेलको नेटवर्क डाउन, मोबाइलमा फोन नलाग्ने समस्या

काठमाडौं : मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको नेटवर्क डाउन भएको छ । बिहीबार बिहानैदेखि कम्पनीको मोबाइल सेवा ठप्प भएको हो ।

एनसेलले ट्वीट मार्फत हाल सम्बन्धित निकायबाट समस्या जाँच गर्ने कार्य भइरहेको बताएको छ । “समस्या सक्दो चाँडो समाधान हुनेछ, कृपया प्रतीक्षा गर्नु होला,” कम्पनीले आग्रह गर्दै भनेको छ ।

मोबाइलमा डेटा तथा भ्वाइसका लागि नेटवर्क देखिए पनि फोन नलाग्ने र डेटाले काम नगर्ने समस्या छ । सडक विस्तारको क्रममा दमौली र सिन्धुलीमा अप्टिकल फाइबर चुँडिदा नेटवर्कमा समस्या आएको बताइएको छ ।

यद्यपि कम्पनीले आधिकारिक रूपमा केकारणले फोन तथा डेटा नेटवर्कमा समस्या आएको हो भन्ने कुरा चाहिँ खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?