कसले पाउला त गोल्डेन बुट?

कतारमा जारी फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल आज हुँदैछ। नेपाली समय अनुसार आज राति १२:४५ बजे लुसेल रंगशालामा हुने खेलबाट फाइनलमा पुग्ने पहिलो टोलीको टुंगो लाग्नेछ।

यससँगै उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । यी मध्ये एकले उपाधि जित्ने पक्का छ । विश्वकपमा केही व्यक्तिगत पुरस्कारहरुसमेत राखिएको छ । जुन कसले जित्ला भनेर सबैलाई चासो हुन्छ । त्यसमध्ये गोल्डेन बुट अवार्ड एक हो ।

हालसम्म ६४ मध्ये ६० खेल सकिएका छन्। चार राष्ट्र (क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को) ले अबका बाँकी चार खेल खेल्नेछन्। यो सँगै उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ। यीनै चार मध्ये एकले उपाधि जित्ने पक्का छ।

यस्तै प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई फिफाले गोल्डेन बुट अवार्ड प्रदान गर्दै आएको छ।

यसपालि सेमिफाइनलमा पुगेका चार मध्ये फ्रान्स र अर्जेन्टिनाका खेलाडी गोल्डेन बुटको दौडमा अगाडि देखिएका छन्।

फ्रान्सका केलिएन एम्बाप्पेले सर्वाधिक ५ गोल गर्नुका साथै दुई असिस्ट गरेर यो दौडमा अगाडि छन्। उनलाई फ्रान्सकै ओलिभर जिरउड र अर्जेन्टिनाका कप्तान लिओनल मेसीले समान ४-४ गोलसहित पछ्याइरहेका छन्।

प्रतियोगितामा तीन गोल गरेका ७ खेलाडी (पोर्चुगलका गोन्सालो रामोस, स्पेनका अल्भारो मोराटा, इंग्ल्याण्डका मार्कोस रासफोर्ड र बुकाय साका, इक्वेडरका इनर भ्यालेन्सिया, ब्राजिलका रिचार्लिसन र नेदरल्याण्ड्सका कोडी गाक्पो) यो उपाधि होडबाट बाहिरिसकेका छन्।

केलियन एम्बाप्पे (फ्रान्स):
फ्रान्सका २३ वर्षीय युवा एमबाप्पेले जारी विश्वकपमा सर्वाधिक ५ गोल गरिसकेका छन् उनले ५ खेलबाट ५ गोल गर्दै गोल्डेन बुटमा सबैभन्दा अगाडि छन्। उनले दुई असिस्ट समेत गरेका छन्।

समूह चरण अन्तर्गत समूह डी रहेको फ्रान्सका लागि पहिलो खेलमा अष्ट्रेलिया विरूद्धको १ गोल गरेका उनले दोस्रो खेलमा डेनमार्क विरूद्ध दुई गोल गरे। यस्तै तेस्रो खेलमा ट्युनिसिया विरूद्ध गोल गर्न सकेनन् तर उनले दुई असिस्ट दिएका थिए।

प्री क्वाटरफाइनलमा पोल्याण्डविरूद्ध २ गोल गरेका उनले क्वाटरफाइनलमा इंग्ल्याण्डविरूद्ध गोल गर्न सकेनन्। उनी गोल्डेन बुटका बलियो दाबेदार हुन्।

लिओनल मेसी (अर्जेन्टिना):
अर्जेन्टिनाका कप्तान लिओनल मेसीले जारी विश्वकपमा ४ गोल र २ असिस्ट गर्दै गोल्डेन बुटको दौडमा एम्बाप्पेलाई पछ्याइरहेका छन्।

सम्भवतः ३५ वर्षीय मेसीले समूह सी को पहिलो खेलमा साउदी अरेबिया विरूद्ध पेनाल्टीमा गोलको खाता खोलेका थिए। समूहको दोस्रो खेलमा मेक्सिकोविरूद्ध मेसीले एक गोल गर्नुका साथै एक असिस्ट गरेका थिए। पोल्याण्ड विरूद्ध भने उनले पेनाल्टी प्रहार गरे पनि गोल गर्न सकेनन्।

अन्तिम १६ मा अष्ट्रेलिया विरूद्ध जित निकाल्दा मेसीले एक गोल गरेका थिए। क्वाटरफाइनलमा मेसीले नेदरल्याण्ड्स विरूद्ध एक गोल गर्नुका साथै एक असिस्ट गरेका थिए।

७ पटकको बालोन डी’ओर विजेता मेसीले यो पटक विश्वकपको गोल्डेन बुट जित्ने मौका छ। यसका लागि आज हुने क्रोएसियाविरूद्धको खेलमा गोल गर्नुपर्ने हुन्छ।

चार वर्षअघि रुसमा भएको विश्वकपमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यसपटक केनको टिम क्वाटरफाइनलबाटै बाहिरिसकेको छ ।

सेमिफाइनलमा पुगेका चार मध्ये फ्रान्स र अर्जेन्टिनाका खेलाडी गोल्डेन बुटको दौडमा अगाडि छन् । फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरउड र अर्जेन्टिनाका कप्तान लिओनल मेसीले समान ४ गोल गरेका छन् ।
तीन गोल गर्ने ७ खेलाडी भने यस होडबाट बाहिरिसकेका छन् । उनीहरु खेल्ने देश विश्वकपबाट बाहिरिसकेकोले ७ खेलाडीको चुनौती सकिएको छ । पोर्चुगलका गोन्सालो रामोस, स्पेनका अल्भारो मोराटा, इंग्ल्याण्डका मार्कोस रासफोर्ड र बुकाय साका, इक्वेडरका इनर भ्यालेन्सिया, ब्राजिलका रिचार्लिसन र नेदरल्याण्ड्सका कोडी गाक्पोले ३ गोल गरेका थिए ।

पोर्चुगलका रामोस एकै खेलमा तीन गोल गर्दै जारी विश्वकपमा ह्याट्रिक गर्ने एक्लो खेलाडी हुन् । २१ खेलाडीले २-२ गोल गरेका छन् । जसमध्ये १८ खेलाडी यो होडबाट बाहिरिसकेका छन् । सेमिफाइनल पुगेका मध्ये अर्जेन्टिनाका युलियन अल्भारेज, क्रोएसियाका आन्द्रे क्रामारिक र मोरक्कोका युसुफ एन नेस्री भने अझै पनि होडमा छन् ।

केलियन एमबाप्पे (फ्रान्स)

२३ वर्षीय युवा स्टार एमबाप्पेले जारी विश्वकपमा सर्वाधिक ५ गोल गरिसकेका छन् । उनले दुई असिस्ट समेत गरेका छन् । समूह डी को पहिलो खेलमा अष्ट्रेलिया विरुद्धको खेलमा गोलको खाता खोलेका उनले दोस्रो खेलमा डेनमार्क विरुद्ध दुई गोल गरे ।

समूह चरणको तेस्रो खेलमा ट्युनिसिया विरुद्ध भने वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले गोल गर्न सकेनन् । एमबाप्पेकै दुई गोल मद्दतमा फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३-१ ले पराजित गरेको थियो ।

तर क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई हराउँदा भने उनले गोल गर्न सकेनन् । दुई असिस्ट समेत गरेका र दोस्रो स्थानमा रहेका लिओनल मेसी भन्दा थोरै मिनेट खेलेका कारण पनि एमबाप्पे गोल्डेन बुट होडमा दाबेदारको रुपमा छन् ।

लिओनल मेसी (अर्जेन्टिना)

वर्तमान पुस्ताको उत्कृष्टमध्ये एक अर्जेन्टिनाका कप्तान लिओनल मेसीले जारी विश्वकपमा ४ गोल र २ असिस्ट गरेका छन् । ३५ वर्षीय मेसीले यो विश्वकप नै आफ्नो अन्तिम हुने बताइसकेका छन् । त्यसैले उनी विश्वकप उपाधि जित्दै आफ्नो ट्रफी क्याविनेटलाई पूर्ण बनाउन चाहन्छन् ।

२०१४ मा विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल जितिसकेका मेसीले गोल्डेन बुट भने जित्न बाँकी छ । अर्जेन्टिनाले फाइनल पुग्दै उपाधि जितेमा मेसीले यो अवार्ड पनि जित्ने सम्भावना छ ।

मेसीले समूह सी को पहिलो खेलमा साउदी अरेबिया विरुद्ध पेनाल्टीमा गोलको खाता खोलेका थिए । तर उक्त खेलमा अर्जेन्टिना साउदीसँग २-१ ले स्तब्ध भयो । समूहको दोस्रो खेलमा मेसीले एक गोल गर्नुका साथै एन्जो फर्नान्डेजका लागि असिस्ट गरेका थिए । पोल्याण्ड विरुद्ध भने उनले पेनाल्टी प्रहार गरे पनि गोल गर्न असफल भए ।

अन्तिम १६ मा अष्ट्रेलिया विरुद्ध २-१ को जितमा मेसीले एक गोल गरेका थिए । क्वाटरफाइनलमा मेसीले नेदरल्याण्ड्स विरुद्ध एक गोल गर्नुका साथै एक असिस्ट गरेका थिए । ७ पटकको बालोन डी’ओर विजेता मेसीले आफ्नो करियरमा क्लब करियरमा सबै खाले अवार्ड जितिसकेका छन् । यसपटक विश्वभरका फुटबल समर्थक मेसीले विश्वकप ट्रफी उचालेको हेर्न चाहन्छन् ।

ओलिभर जिरउड (फ्रान्स)

फ्रान्सका ३६ वर्षीय जिरउडले जारी विश्कवमपा मेसीलस मान ४ गोल गरेका छन् । उनले असिस्ट भने गरेका छैन । जिरउडले यसै विश्वकपमा फ्रान्सका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाएका छन् । समूह डी को पहिलो खेलमा अष्ट्रेलिया विरुद्ध दुई गोल गर्दै उनले फ्रान्सका लागि सर्वाधिक ५१ गोल गर्ने थियरी हेनरीको कीर्तिमान बराबरी गरेका थिए ।

त्यसपछि समुहको दुई खेलमा उनले गोल गरेनन् । अन्तिम १६ मा पोल्याण्ड विरुद्ध २-१ को जितमा एक गोल गर्दै जिरउडले प्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाएका थिए । उनले ११७ खेलमा उक्त उपलब्धि हासिल गरे । इंग्ल्याण्ड विरुद्ध क्वाटरफाइनलमा २-१ को जित निकाल्दा जिरउडले विजयी गोल गरेका थिए ।

कतार विश्वकपमा गोल्डेन बुटका दाबेदार: 

१. केलियन एमबाप्पे – ५ गोल, २. लियोनल मेस्सी – ४ गोल, ३. ओलिभर जेरुड – ४ गोल, ४. कोडी गाक्पो – ३ गोल, ५. मार्कुस राषफोर्ड, – ३ गोल, ६. अल्भारो मोराटा – ३ गोल, ७. इनर भ्यालेन्सिया – ३ गोल, ८. बुकायो साका – ३ गोल, ९. रिचार्लिसन – ३ गोल, १०. गोन्कालो रामोस – ३ गोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?