काठमाडौं : २०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
यो जितसँगै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब फ्रान्सले विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँग फाइनलमा खेल्नेछ ।
फाइनल खेल पुष ३ गते हुनेछ । यसअघि अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको टिम हो । मोरोक्कोले प्रिक्वार्टरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।
क्वार्टरफाइनलमा मोरोक्कोले पोर्चुगललाई पराजित गर्दै पहिलो पटक सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?