तनहुँमा आफ्नै श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

तनहुँ : आफ्नै श्रीमतीको कुटाइबाट गएराति तनहुँको शुक्लागण्डकी नगरपालिकामा श्रीमानको मृत्यु भएको छ ।

कास्की पोखरा महानगरपालिका वडा नं. ३० सिसुवा स्थायी घर भई हाल  शुक्लागण्डकी नगरपालिका वडा नं. ४ प्रगती टोल स्थितमा डेरा गरी बस्ने  ४० बर्षको मन बहादुर नेपालीलाई निजकै श्रीमती  ३६ बर्षकि शुशिला बि.क.को कुटपिटबाट मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरी घरायसी कुरामा विवाद हुदाँ ढुङ्गाले श्रीमानको टाउको भागमा प्रहार गरी गम्भिर घाईते भएका मन बहादुरलाई जि.पि. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रहरीको अनुसार कुटपिट गरेकी  मृतककी श्रीमतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?