
म्याग्दे गाउँपालिक वडा न. ३ पसलेमा सोमबार पसले आधारभूत स्वास्थ सेवा केन्द्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । श्री नव पसले युवा क्लबको आयोजनामा पसले आधारभूत स्वास्थ सेवा केन्द्रमा सरसफाई गरिएको हो ।
उक्त स्वास्थ केन्द्रमा वर्षाका कारण उम्रिएका झारहरुलाई काटेर सरसफाई गरिएको क्लबका अध्यक्ष आशिस श्रेष्ठले जानकारी दिए ।
साथै आज साउन २५ गते भेरोसिल खोप लगाउने दोस्रो चरणको कार्यक्रममा क्लबका सदस्यहरुले स्वयंसेवकको भुमिका निर्वाह गरेका थिए ।
उक्त अबसरमा क्लबबाट स्वास्थ केन्दलाई सय थान मास्क प्रदान गरिएको श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?