दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप फुटबल प्रतियोगिता सुरु

दमौली : तनहुँको दमौलीमा दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप फुटबल प्रतियोगिता भएको छ । व्यास नगरपालिका–१ स्थित भादगाउँमा रहेको दोभान युवा क्लबले ७ ए साइड फुटबल प्रतियोगिता बिहिवार देखि सुरु भएको हो ।

व्यास नगरपालिका–३ स्थित विपी वनवाटिका खेलमैदानमा  सुरु भएको खेलमा स्थानीय र विभिन्न जिल्लाका गरि ३९ टिमको सहभागिता रहेको छ ।

खेलको उद्घाटन गर्दे व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले क्लबले विभिन्न जिल्लाका खेलाडीलाई जम्मा गरेर राष्ट्रिय स्तरको प्रतियोगिता गरेको भन्दै आयोजक क्लबलाई धन्यवाद दिए। उनले अब चाडैविपी वनवाटिका खेलमैदानलाई ९ ए साइड बनाउने प्रतिबद्दता व्यक्त जनाएका छन् ।

क्लबका अध्यक्ष नर बहादुर दरैले तनहुँमा खेलको विकासका लागि आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको बताए।

उद्घाटन खेल आयोजक क्लब “दोभान युवा क्लब सी “र व्यास युवा समाज हुदै छ भने आज भएको प्रतियोगिता आगामी पौष ७ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?