पछिल्लो २४ घण्टामा तनहुँमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको अनुसार ६४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ८ जना महिला र ५ जना पुरुष गरि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
१ को मृत्यु
कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास-१ निवासी ४९ वर्षीय पुरुष रहेका छन् ।उनको सोमबार गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?