तनहुँकाे याम्पाफाँटका किसानलाई गाउँपालिका र प्रदेशकाे अनुदान

तनहुँकाे याम्पाफाँटका दुग्ध उत्पादक किसानलाई गाउँपालिका र प्रदेशकाे अनुदान वितरण गरिएकाे छ ।
साेमबार एक कार्यक्रमकाे आयाेजना गरि बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले १ सय ३० जना किसानलाई अनुदान वितरण गरेका हुन् । अनुदान वितरण गर्दै अध्यक्ष थापाले किसानका लागि हाैसला प्रदान गर्न थाेरै रकम सहयाेग गर्न पाएकाे र गापामा आन्तरिक आम्दानी बढाउन सकेकाे खण्डमा उत्पादनमा आधारित अनुदानकाे रकममा वृद्धि गरिने जानकारी दिंदै दूध उत्पादन सँग-सँगै दुग्ध जन्य उद्योग संचालन गर्न सुझाब दिए । उनले  दाना-चाेकरकाे आयात घटाई घाँस उत्पादनमा वृद्धि गरि लागत घटाउन पनि सुझाब  दिए ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सचिवालय सदस्य हेमराज लामिछाने छितिजले किसानका हरेक मुद्दामा नेकपा माओबादी केन्द्र जानकारी रहेकाले किसानका हकहितमा लडि रहने प्रतिबद्धता ब्यक्त गरे । वडा नं. ५ का वडाअध्यक्ष ध्रुब प्रसाद लामिछानेले किसानलाई पेन्सनकाे ब्यवस्था गर्न राज्यले नीति ल्याउनु पर्नेमा जाेड दिएका थिए । संस्थाका सचिब रमेश ढकालले किसानलाई राज्यले उपेक्षा गरेकाे, काेराेना विरुद्धको खाेप लगाउन समेत कन्जुस्याइँ गरेकाेले तत्काल खाेप उपलब्ध गराउन माग गरेका छन्  । नमुना गाई फर्मका संचालक पुष्पराज पाैडेलले किसानले भाेग्नु परेकाे समस्या बारे जानकारी दिंदै काेराेनाका कारण पशुपालन ब्यवशाय नै धरापमा परेकाे भन्दै बिगत लामाे समयकाे बिक्री गरिएकाे दुधकाे पैसा प्राप्त गर्न नसकिएकाे गुनासाे गरे  ।
बन्दिपुर गाउँपालिकाले प्रति लिटर १ रुपैंयाका दरले अनुदान वितरण गर्न ९ लाख ५२ हजार प्रदान गरेकाे छ भने गण्डकी प्रदेश सरकारकाे तर्फबाट प्रति लिटर २ रुपैंया ५० पैसा का दरले ७ लाख ७५ प्राप्त भएकाे थियाे । ब्यावशायीक रुपमा गाई भैंसी पालन गरि स्थानीय याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने किसानका लागि अनुदान उपलब्ध गराईएकाे हाे । सहकारीमा आबद्द रहि आर्थिक वर्ष २०७७/०७८ भरि किसानहरुले १३ लाख लिटर भन्दा धेरै दूध बिक्री गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?