काठमाडौं : कतारमा जारी फिफ विश्वकप २०२२ मा मोरक्कोलाई २–१ गोलको नतिजमा पराजित गर्दै क्रोएसिया तेस्रो भएको छ ।
तेस्रो स्थानको प्लेअफमा मोरक्कोलाई हराएसँगै साविक उपविजेता क्रोएसियाले विश्वकप २०२२ का कास्य पदक जितेको हो ।
विश्वकपको इतिहास क्रोएसियाले दोस्रोपटक तेस्रो स्थान हासिल गरेको हो । यसअघि क्रोएसियाले सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । जुन विश्वकपमा क्रोएसियाको पहिलो सहभागितासमेत थियो ।
क्रोएसियाले विश्वकपको पछिल्लो संस्करणमा भने फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा फ्रान्ससँग ४-२ ले पराजित भएपछि क्रोएसियाले उपविजेतामा चित्त बुझाएको थियो ।
यता, मोरवक्को भने अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल खेल्ने पहिलो टिम हो ।
सेमिफाइनल खेलमा मोरवक्को फ्रान्ससँग २-० ले र क्रोएसिया अर्जेन्टिनासँग ३-० पराजित भएका थिए ।
विश्वकपको फाइनल खेल आइतबार लुसैल रंगशालामा हुनेछ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?