काठमाडौं : कतारमा जारी २२ औँ विश्वकप फुटबलको उपाधिका लागि आइतबार साँझ साबिक विजेता फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिना भिड्दै छन्।
दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गरी फ्रान्स फाइनलमा पुगेको थियो । कतारको अल बायत मैदानमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको थियो ।
यस्तै पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको थियो ।अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो ।
आज आइतवार उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच खेल हुनेछ । फाइनल खेल नेपाली समय अनुसार आइतवार राति पौने ९ बजे कतारको लुसिल मैदानमा सुरु हुनेछ ।
यी दुई देशले समान दुई पटक विश्व कपको उपाधि जितेका छन् । फ्रान्सले सन् २०१८ र सन् १९९८ मा तथा अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्व कप उपाधि जितेको छ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?