केशवटार मा.बि.मा एक शिक्षक एक ल्यापटप

व्यास नगरपालिका–१४ स्थित केशवटार माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आज केशवटार माध्यमिक बिद्यालयका शिक्षकहरुलाई एक शिक्षक एक ल्यापटप बितरण गरेको हो ।  शैक्षिक सुधारका लागि व्यास नगरपालिका र बिद्यालयको अन्तरिक स्रोतबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भएको हो भने बिद्यालयका तदर्थ समितिको अध्यक्ष एबं व्यास १४ का वडा अध्यक्ष काजीमान श्रेष्ठ द्वारा ल्यापटप बितरण गरेका हो ।  वडा अध्यक्ष श्रेष्ठले दमौली आनलाइनसंग कुरा गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि व्यास नगरपालिकाबाट रु छ लाख पचास हजार र बिद्यालयको अन्तरिक स्रोतबाट २० % रु एक लाख तीस हजार गरि जम्मा १५ वटा ल्यापटप बितरण भएको जानकरी दिए ।

उक्त बिद्यालयमा लामो समयसम्म शिक्षण पेशामा सेवा गरेका श्रेष्ठ  पुर्ब प्रधानाध्यापक समेत भइ बिद्यालयको भौतिक तथा शैक्षिक रुपमा सुधार गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । अझै पनि केशवटार माध्यमिक बिद्यालयलाई शैक्षिक गुणस्तरमा सुधार गर्नेमा आफ्नो मुख्य उदेश्य रहेको समेत उनले बताए ।

यस कार्यक्रमले हालको आनलाइन कक्षा संचालन गर्न सहज हुने र कक्षा ५ देखि १२ कक्षा सम्म आनलाइन कक्षा संचालन हुने बिद्यालयको प्रधानाध्यापक दुर्गा आलेले बताए  । ‘ग्रामीण क्षेत्रको विद्यालयलाई प्रविधिमैत्री नमूना विद्यालय बनाउँदै विद्यार्थीहरूलाई गाउँमै बसेर पढ्ने वातावरण तयार गर्दैछौं,’ आलेले भने।

यस विद्यालयमा यसअघि नै २५ वटा डेस्कटप कम्प्युटर रहेको थियो। विद्यालयले प्रविधिको प्रयोग गरी स्मार्ट बोर्ड, टिभी लगायतका सामग्री प्रयोगमार्फत कक्षा पठनपाठन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?