दीपकराज गिरीले कांग्रेसका सांसदलाई भने : घाँस खान छोडेर परालतिर को जान्छ ?

काठमाडौं : दीपकराज गिरी नेपाली कांग्रेस संसदीय दलको नेताका लागि भएको चुनाव र यसको नतिजालाई लिएर व्यंग्य गरेका छन् । घाँस खान छोडेर परालतिर को जान्छ भनेर व्यंग्य गरेका हुन् ।

दीपकले बुधबार भएको उनी लेख्छन्, ‘सरकार र शक्ति भनेको घाँस हो । परिवर्तन भनेको पराल हो । घाँस खान छोडेर परालतिर जान्छ कोही ?’

संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा थिए । देउवा ६४ मत ल्याएर विजयी हुँदा थापाले २५ मत पाए ।

कांग्रेस संसदीय दलको नेताको यो चुनावलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक टीकाटिप्पणी भइरहेको थियो भने धेरैले यसलाई चासोको रुपमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?