
एजेन्सी : कतारमा आयोजित विश्वकप फुटबलको उपाधि जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको छ।
अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो।
विश्वकप जितेपछि मेस्सीको तस्बिरअंकित पेसोको १००० को नोटमा उनकै हस्ताक्षर पनि रहेको छ।
मेस्सीले देशलाई ३६ वर्षपछि विश्वकप जिताउँदा यस पटक सात गोल गरेका थिए। उनले त्यसक्रममा सर्वोत्कृष्ट खेलाडीको पनि उपाधि जित्न सफल भए।
अहिले अर्जेन्टिना विश्वकपको खुसीमा झुमेको छ। त्यहाँको राजधानी ब्युनसआयर्सकै सडकमा करिब ५० लाख मानिस निस्किएर खुसीयाली मनाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?