संक्षिप्त भिडियो प्रतियोगिता सम्पन्न, श्रेष्ठलाई पहिलो पुरस्कार

अन्तरष्ट्रिय युवा दिवसको अवसरमा व्यास नगरपालिका, व्यास नगर युवा परिषद् द्वारा आयोजित  संक्षिप्त भिडियो प्रतियोगिता सम्पन्न भएको छ ।

बिहिबार आयोजित कार्यक्रममा ऐतिहासिक पर्यटकीय स्थल तनहुँसुर सम्बन्धी भिडियो प्रस्तुत गरेका विकल श्रेष्ठका समूह  विजयी भएका छन् ।भिडियो मार्फत व्यास नगरका पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा ६ समूहले सहभागिता जनाएको थियो ।सो संक्षिप्त भिडियो प्रतियोगितामा पर्यटकीय स्थल मानुङकोटको भिडियो प्रस्तुत गरेका किरन थापाको समुह द्वितीय र मानुङकोट,व्यास गुफा,कालिका मन्दिर,दमौली बजार ,पराशर क्षेत्रमा भिडियो बनाइएका पवन सिग्देलको समुह तृत्तिय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहले क्रमशः रु.१० हजार, रु. ७ हजार र रु ३ हजार पुरस्कार प्राप्त गरेका छन ।पुरस्कार प्रदान गर्दे व्यास नगरपालिकाका उप प्रमुख मीरा जोशीले युवाहरुको प्रतिभालाई प्रस्फुटन गर्ने माध्यमका रुपमा भिडियो प्रतियोगिता उत्कृष्ट रहेको चर्चा गर्दै आगामि दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिने बताइन ।यसअघि प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगर प्रमुख एवं व्यास युवा परिषद्का अध्यक्ष वैकुण्ठ न्यौपानेले पर्यटकीय क्षेत्रको विकास नगर क्षेत्रको विकासको लागि महत्वपुर्ण विषय भएको चर्चा गर्दै पर्यटकीय क्षेत्रको पहिचानका लागि युवाहरुले शसक्त भएर काम गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठ र वडा नं १४ का वडाध्यक्ष काजिमान श्रेष्ठले प्रतिष्पर्धाले कमि कमजोरीलाई सुधारेर अगाडि बढ्न प्रेरणा मिल्ने उल्लेख गर्दै युवाहरु सशक्त भएर अगाडि नबढेसम्म विकासको गति मजबुत नहुने बताए ।

प्रतियोगिताको निर्णायक पर्यटनविद् हरिसं गुरुङको संयोजकत्वमा  डा. शेषरमण न्यौपाने र विना कैनी  रहेका थिए ।सोही अवसरमा भिडियो प्रतियोगितामा सहभागिता जनाएका अन्य समुहलाई पनि सम्मानित गरिएको थियो ।

प्रतियोगिताका सहभागि प्रतियोगिहरुले व्यास नगरपालिका भित्रका धार्मिक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरुको विश्लेषणसहित भिडियो प्रस्तुति गरेका व्यास नगर युवा परिषद्का उपाध्यक्ष गौरब पन्थले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?