तनहुँमा बिहिबार कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।पछिल्लो २४ घण्टामा एक सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
दुई सय १ जनाको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा एक सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो कुल परीक्षणको ५० प्रतिशत हो ।
आज थपिएका सहित तनहुँमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५ हजार ९ सय ४७ पुगेको छ । जस्मा ५ हजार २ सय ९१ निको भैसकेका छन् भने सक्रिय संक्रमितको सङ्ख्या ५ सय ४० जना रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने शुन्य रहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?