इशानेस्वर महादेव मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

आज साउन महिनाको अन्तिम सोमवार । देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।हिन्दु परम्परा अनुसार आजको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ । आज महिलाहरुले पूजा आराधना गरी साउनको सोमबारे व्रत समापन गर्ने गर्छन् ।साउनको पहिलो सोमबारदेखि सुरु भएको व्रत शिव मन्दिरमा पुगेर पूजा आराधना गरी महिलाहरुले समापन गर्ने गर्दछन् ।

अन्तिम सोमबार कोरोना महामारीकै बीचमा  देशैभरका मन्दिरहरुमा भक्तालुहरुको भीड लागेको छ । लम्जुङ्ग कर्पुटारको इशानेस्वर महादेव मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास गरिन्छ ।

केही तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?