म्याग्दे : तनहुँको म्याग्दे गाँउपालिकाले भुमिहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण शुरु गरेको छ । सोमवार म्याग्दे –२ का २८९ जनालाई निस्सा वितरण गरेको म्याग्दे गाँउपालिकाले जनाएको छ ।
म्याग्दे गाँउपालिका भरी कुल अव्यवस्थित वसोवासीमा ११५३ जना, भुमिहिन सुुकुम्वासी ६५ जना, भुमिहिन दलित ८५ जनाले फर्म भरेका मध्ये म्याग्दे–२, मा अव्यवस्थित तर्फ २६३ जना, भुमिहिन सुकुम्वासी तर्फ ८ जना र भुमिहनि दलित तर्फ १८ जना गरि कुल २८९ जनालाई निस्सा वितरण गरिएको पालिकाले जनाएको छ ।
लगत संकलन कार्य विधिको अनुसूचि ३ र ४ वमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूचि ६ वमोजिमको निस्सा भरि उपलव्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गरिएको गाँउपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जग्गा प्राप्तिको लागी शुरुवाती चरण शुरु भएको वताए । निस्सा वितरणका शुरुवात पहिला नै गर्न लागिएको भएता पनि निर्वाचनका कारण रोकिएको हुदाँ ढिलो भएको उनको भनाइ रहेको थियो ।
अव सुकुम्वासी र भुमिहिनलाई जग्गाको स्वामित्व दिलाउने कामको शुरुवात भएको छ ।
निस्सा वितरण कार्यक्रम पुस १० गते १ नं वडा कार्यलयवाट शुरु भई, पुस ११ गते २ नं वडा कार्यलय, पुस १२ गते ३ नंं वडा, पुस १३ गते ४ नं, पुस १४ गते ५ नं, पुस १७ गते ६ नं वडा मा र पुस १८ गते ७ नं वडा कार्यलयमा वितरण गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?