विवेकशील साझा पार्टीको समीक्षा बैठक बन्दीपुरमा

दमौली : विवेकशील साझा पार्टीले निर्वाचन समीक्षा गर्न शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा बोलाएको छ ।

अध्यक्ष समीक्षा बास्कोटाका अनुसार पार्टी स्थापना, आन्तरिक विवाद, कार्यशैली, वैचारिक बेमेल, फुट, एकता र निर्वाचन परिणाबारे बैठकमा समीक्षा हुने छ ।

उनले पार्टीको जिम्मेवारीमा रहेका सबैलाई राजीनामा दिएका, कारबाहीमा परेका, जिम्मेवारिबाट अलग भएका, निष्क्रिय भएका सबैलाई जिम्मेवारीमा फर्किन अनुरोध गर्दै बैठकमा उपस्थित हुन अपिल गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?