वरिष्ठ नेता पौडेल भन्छन् : अहिलेको गठबन्धनले मुलुकलाई अस्थिर तिर धकेल्ने

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ- १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अहिलेको सात दलीय सत्ता गठबन्धनले मुलुकलाई अस्थिर तिर धकेल्ने प्रयास गरेको बताएका छन्।

तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित खहरेटारमा शुक्रबार मिलिजुली युवा क्लब द्वारा आयोजित खुल्ला पुरुष भलिवल तथा तमु ल्होसार साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सात दलीय सत्ता गठबन्धनले मुलुकलाई अस्थिर तिर धकेल्ने प्रयास गरेको बताएका हुन्।

“तपाईहरु कति पनि नअत्त्तिनु होला फेरी ठाउँको ठाउँमै आउँछ ”  उनले भने ” अहिलेको राजनीतिले मुलुकलाई अस्थिर तिर लाने प्रयास भयो , त्यसलाई हामी रोक्छौं ,देशको विकासलाई हामी रोक्न दिनौं ”

उनले अहिलेको राष्ट्रिय सहमतिको आवश्यक रहेको बताउदै  राष्ट्रिय सहमति सरकार बनाउन पनि नेताहरुले प्रयास गर्नुपर्ने  बताए । देशकै नमुना क्षेत्रको रूपमा विकास गर्नका लागि विकासका योजना अघि बढाएर कायपलट गर्ने चाहना रहको उनले बताए ।

कृषि, पर्यटन र ऊर्जाशक्तिको विकास गरेर उद्योग ग्राम र औद्योगिक क्षेत्रको स्थापना गराई, लगानी भित्र्याएर गाउँगाउँमा साना–ठुला कृषिजन्य र अन्य उद्योग स्थापना गराई स्वदेशमै रोजगारी तथा गाउँगाउँमा आम्दानीको अवसर सिर्जना गर्न बताए ।

खेलकुद तथा सांस्कृतिक संयोजक सिद्धान्त थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा,नेपाली कांग्रेसका जिल्ला सभापति एवं गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य जितप्रकाश आले , जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, पर्यटनविद हरिसिं गुरुङ, बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्च माया गुरुङ , क्लबका राम बहादुर गुरुङ लगायतले बोलेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?