पछिल्लो २४ घण्टामा तनहुँमा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
एक सय ५६ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
२४ घण्टामा परीक्षणकाे ३५ ५ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे हाे । आज थपिएकासहित तनहुँमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ हजार ६६ पुगेको छ ।
यस्तै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ हजार ४ सय ५५ पुगेको छ ।
यही अवधिमा थप १ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।ज्यान जानेमा व्यास नगरपालिका–४ की ५१ वर्षीया महिला रहेकी छन् । योसहित तनहुँमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय २० पुगेको छ ।
अहिले तनहुँमा चार सय ९१ जना सक्रिय सङ्क्रमति रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?