पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन आइतबार पोखरा महानगरले बिदा दिएको छ ।
महानगरले सूचना जारी गर्दै विमानस्थल समुद्घाटन समारोहमा ब्यापक जनसहभागिता रहोस् भन्ने उद्देश्यले महानगरपालिका कार्यालय महाशाखाहरु, शाखा, वडा कार्यालयहरु तथा मातहतका शैक्षिक संस्थाहरुमा बिदा दिइएको जनाएको छ ।
विमानस्थलको आइतबार बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समुद्घाटन गर्ने कार्यक्रम छ ।
विमानस्थल उद्घाटन भए पनि सोही दिन अन्तर्राष्ट्रिय उडान नहुने भएको छ ।
काठमाडौंबाट बिहान साढे १० बजे हिमालय एयरलाइन्सको एयरबस पोखरा ल्याण्ड हुनेछ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?