माओवादी गण्डकी प्रदेश दलको नेतामा चुमान

दमौली : गण्डकी प्रदेशसभामा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत भएका छन । पार्टीले उनलाई सर्वसम्मत्रुपमा दलको नेता बनाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार आइतबारै बस्ने संसदीय दलको बैठकले पार्टीको उक्त निर्णयलाई पारित गर्नेछ । चुमान तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् ।

२०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन अवस्थामा पनि उनी संसदीय दलको नेता चुनिएर एमालेसँगको गठबन्धनमा प्रदेशको कानुनमन्त्री बनेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादी ८ सदस्यसहित तेस्रो स्थानमा रहेको छ । पछिल्लो गठबन्धनमा चुमानले मुख्यमन्त्रीमा दाबी गर्दै आएका भए पनि एमालेका खगराज अधिकारीको सम्भावना बढी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?