टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

दमौली :  तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार टिप्परको ठक्करले पोखरा महानगरपालिका–३३ बागमारा बस्ने ६० वर्षीया टीकादेवी चापागाइँको मृत्यु भएको हो।

कोत्रेबाट दुलेगौडातर्फ आउँदै गरेको ग२क ६२१९ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको ग१९प ५६५९ को स्कुटरलाई नजिक ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी चापागाइँको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आइतबार साँझ ५ बजे मृत्यु मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने ३३ वर्षीया लीलादेवी नेपाली घाइते भएकी छन् । ठक्कर दिने टिप्पर चालक अर्घाखाँची सन्धिखर्कका ४१ वर्षीय तिलक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?