सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइका आज पनि स्थगित भएके छ ।

सन्दीपकै कानून व्यवसायीले पेशी स्थगित गरेका हुन् ।

सुनुवाइका लागि पाटन उच्च अदालतमा राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलास तोकिएको थियो ।

हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको पक्षमा पछिल्लो समय क्रिकेटरहरू बोल्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?