कडाई गरेको भन्दै आफ्नै कर्मचारीले प्रशासकिय अधिकृत नागिलालाई अवरोध

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र कर्मचारी बीचको विवाद सुरु भएको छ ।

कर्मचारीहरुले व्यासका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको नाम र पद भएको नेमप्लेट झिकेर फ्याँक्नुका साथै रुष्ट प्रकट गर्दै व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई निवेदन पेश गरेको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नागिलाले अनावश्यक विषयमा पनि कडाई गरेको भन्दै आपत्ति जनाउँदै कर्मचारीहरुले विवाद सुरु भएको हो ।

नागिलाले व्यासमा आएपछि कर्मचारी समयमा कार्यालय समयमा हाजिर भईसक्नुपर्ने, आवश्यक कर्मचारी बाहेक अरु यो वा त्यो वहानामा कार्यालय बाहिर हुनु नहुने, अघिल्ला बर्षहरुमा व्यासमा वेरुजुले रेकर्ड राखेकोले बेरुजू शुन्यमा झार्ने अभियान चलाएदेखि केहि कर्मचारी नागिलासग रुष्ट भएका थिए ।

साउन महिनामा सरुवा भएर व्यासमा आएका तनहुँ घर भएका प्रमुख प्रशासकिय अधिकृत  प्रशासनलाई सुधारेर जनतालाई सहज सेवा सुविधा दिन खोजेपछि कर्मचारीतन्त्र खुशी नहुँदा हाकिम र कर्मचारी बीच दुरी बढ्न गएको बताइएको छ ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको नेमप्लेट नै हटाए पछि सर्बसाधारणले सामाजिक संजालमा आक्रोश पोख्दै नगरपालिकाले निष्पक्षरुपमा छानविन हुनुपर्ने माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?