सिटीइभिटीले सित्तैमा तीन महिने सिप विकास तालिम दिँदै

व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान सिटीइभिटीले नि:शुल्क तालिम दिने भएको छ।व्यास नगरपालिका वडा न १४ केशवटारमा भदौ ७ गतेबाट हुने भएको हो । वडा १४ को कार्यालय मार्फत संचालन हुने उक्त तालिम लिन चाहने १६ देखि ४० वर्षसम्मको महिला र पुरुष दुवै सहभागी हुन पाउने अध्यक्ष काजिमान श्रेष्ठ जानकारी दिए ।

प्रतिष्ठानले आवश्यकता र माग हेरेर, छिटो रोजगारी पाउने किसिमको विभिन्न तालिमहरू दिन लागेको श्रेष्ठले बताए  । साथै प्रतिष्ठानले वडा न १४ मा ३ महिने  पेन्टिङ र प्लमम्बिङ्ग तालिम  दिने भएको छ ।

नेपाल सरकरको दीर्घकालीन सोच “ सम्बृद्ध नेपाल सुखी नेपाली “ लाई मुर्तरुप दिन सहयोग हुने गरि परिषदले गुणस्तरी प्राबिधिक तथा व्यवसायिक शिक्षा एबं तालिममा सबै नागरिकहरुको समतामूलक र समाबेशी पहुँच वृद्धि गरि श्रम बजारको माग अनुसार सक्षम एबं प्रतिस्प्रधी दक्ष प्राबिधिक जनशक्ति उत्पादन गर्दै आएको छ । प्राबिधिक जनशक्तिलाई रास्ट्रिय उत्पादन तथा  उत्पादनमा वृद्धि र उत्कृस्ट सेवामा संग्लन गराई देशको आर्थिक एबं सामाजिक बिकासमा योगदान पुर्याउने उद्धेश्य साथै युवाहरुको क्षमता विकास र उद्योमशीलता अभिवृद्धिका लागि दीर्घकालीन योजना तथा छोटो अवधिका सिपमुलक तालिमहरु संचालन गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?