बुटवल : रुपन्देहीको कञ्चन गाउँपालिका–४, क्षेत्रीटोलमा करेन्ट लागेर शुक्रबार एक मजदुरको मृत्यु भएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–१०, गोगापुरका अन्दाजी ५५ वर्षीय घुराहप्रसाद थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय भीमकुमार काउचाको घरको तेस्रो तलाको ढलानका लागि सटरिङ गर्ने क्रममा फलामको छडले विद्युत्को हाइटेन्सन तारमा छुँदा करेन्ट लागेको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?