जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका स्थानीय तहलाई बार अनुसार सेवा दिने भएको छ ।कोभिड–१९को सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्याधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले सेवा प्रदान गर्ने समय विभाजन गरेको हो ।भदौ ७ गतेबाट अर्को व्यवस्था नहुदाँसम्मको लागि स्थानीय तहगत रुपमा फरक फरक दिनमा सेवा प्रदान गर्न प्रशासनले समय तालिका सार्वजनिक गरेको छ ।
कार्यालयमा अत्यावश्यक सेवा बाहेक अन्य सबै किसिमका दैनिक सेवा लिन आउने सेवाग्रहीको संख्या अत्याधिक बढेको र कोरोनाको जोखिम पनि त्यत्तिकै बढेकाले स्थानीय तहगत रुपमा समय विभाजन गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । मानिसको चहलपहल कम गराइ कोभिड–१९को संक्रमणको जोखिमबाट बच्च बचाउन उक्त निर्णय गरिएको बरालले बताए ।
प्रशासनका अनुसार आइतबार शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाका ,सोमबार व्यास नगरपालिका र म्याग्दे गाँउपालिका,मंगलबार शुक्लागण्डकी, घिरिङ ऋषिङ गाँउपालिका,बुधवार भिमाद नगरपालिका, म्याग्दे , ऋषिङ र बन्दीपुर गाँउपालिकाका ,बिहीबार आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भिमाद नगरपालिका र भानु नगरपालिका र शुक्रबार व्यास नगरपालिका र बन्दिपुर गाउँपालिकाका जनताले सेवा लिन पाउने गरि समय तालिका सार्वजनिक गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?