दमौली : पाँचौ आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको आज चौथौं दिन गायक राजु परियार,अनुराग थापा र गायिका शिला आलेले प्रस्तुतीले हजारौं दर्शकहरुलाई नचाएका थिए ।
व्यास नगरपालिका-३ विपीवनवाटिकामा जारी महोत्सवमा उनीहरुको साथसाथै गायिका बसन्ती थपा, शिला आले र उमादेवी खनाल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहने थियो ।
भोलि भने गायिका प्रिती आले , गायक जीवन दाहाल, निश्चल थापा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहने आयोजकले बताएको छ ।
महोत्सव आज चौथौं दिन करिब १० हजार दर्शकले मेला अवलोकन गरेको र करिब १५ लाख बढीको कारोबार भएको महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।
‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।
महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुती, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिक स्थलको प्रबद्र्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलविहार मुख्य आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ ।
महोत्सव माघ ३ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?