गाईजात्रामा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा

सरकारले भदौ ७ गते गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने भएको छ ।

बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा हुँदै आएको थियो ।

यस्तै बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?