गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा नयाँ नेतृत्वबाट गरिएको अपेक्षालाई भरोसामा परिणत गर्न लागिपरेको बताएका छन् । सदरमुकाम दमौलीमा पहिलो पटक औपचारिक कार्यक्रममा आएका मुख्यमन्त्रीले सरकार परिवर्तन भएपछि केही फरक पर्नु स्वभाविक प्रक्रिया भएको बताए । ‘सरकार परिवर्तन हुनु स्वभाविक प्रक्रिया हो तर पहिलेको सरकारले थालनी गरेको राम्रो कार्यको दायित्व परिवर्तन गरेका छैनौं,’ मुख्यमन्त्री पोखरेलले भने । सरकार परिवर्तन भएसँगै पहिलो योजना बाईपास हुँदैछन्, हिजोको सारा योजना कटौती गरियो भन्ने लागेको हुनसक्छ । तर, हामीले राम्रो कार्यलाई निरन्तरता दिइएको उनले बताए ।
उनले विपक्षीले आरोप लगाएजस्तो आफू नेतृत्वको सरकारले पुराना योजना कटौती नगरेको स्पष्ट पारे । विपक्षीले बनिसकेका योजना काटेको भनेर आरोप सहितको हल्ला फिजाएपनि आफू नेतृत्वको सरकारले कुनै पनि बहुवर्षीय ठेक्काको रकम कटौती नगरेको र राम्रा कामलाई निरन्तरता दिएको उनको दावी छ ।
‘बजेट बनाउनु अघि अघिल्लो सरकारले ३८ अर्बको सिलिङ गरेको थियो तर स्रोत नै आउन नसक्ने भएकाले ३० अर्बमा झायो । तर, पनि हामीले पहिलेका बहुवर्षीय कार्यक्रमको बजेट रोकनौं । केही नयाँ राम्रो शुरुवात पनि गरेका छौं,’ उनले भने ।
केन्द्रीय सरकारसँग समन्वय गरेर र स्थानीय सरकारसँग मिलेर विपत सम्बन्धमा काम गरिने प्रतिबद्धता जनाए । सोही अवसरमा मुख्यमन्त्री पोखेलले जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुलाई पारदर्शी र छिटो र छरियो ढङ्गबाट काम गर्न निर्देशन दिएका थिए ।
६ महिनाभित्र सबैलाई खोप
मुख्यमन्त्री नेपालीले प्रदेशवासीलाई कोभिड जोखिमबाट बाहिर ल्याउनु मूलमन्त्र भन्दै सरकारले ६ महिनाभित्र सबैलाई खोप दिने विश्वास दिलाएका छन् । ‘हामीले कोभिडविरुद्धको खोप किन्न बजेट समेत व्यवस्था गरेका छौं,’ उनले, ‘हामीले सिधै किन्न नमिले पनि संघ सरकार र अरु तवरबाट ६ महिनाभित्र सबैलाई खोप दिलाउँछौं ।’ प्रदेश सरकारले विपदको समस्यामा परेका नागरिकलाई घर बनाउन तथा पूर्वाधारको मर्मतका लागि सबै जिल्लामा सहयोग गरेको भन्दै विपद्को अवस्थामा कुनै पनि कसर बाँकी नराख्ने उनले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामै कोभिड परीक्षणको व्यवस्थ ागर्न मुख्यमन्त्रीसँग आग्रह गरेका छन् ।
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रदेश सरकारले दमौली अस्पतालको व्यवस्थापनमा विशेष चासो दिनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले तनहुँका विभिन्न भाग विपद्का समयमा प्रशासनमार्फत प्रदेश सरकारबाट सहयोग भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?