लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरीको दाबी पेस

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदका लागि नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् ।

आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा सत्ता गठबन्धन, दुई स्वतन्त्र सांसद गरी ५८ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई पेस गरेका हुन् ।

संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि दाबी गरिएको हो । सरकार गठन दाबीको लागि प्रदेश प्रमुख शेरचनले आज दिउँसो ४ बजे सम्मको समय दिएका थिए ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदहरु र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको हस्ताक्षर गरी सरकार गठनका लागि दाबी पेस गरिएको एमाले केन्द्रिय सदस्य भुमिश्वर ढकालले जानकारी दिए ।

प्रदेश प्रमुख मिश्रले बिहीबार (भोलि) अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्ने समय दिएका थिए । मधेस प्रदेशसभामा कुल १०७ सांसद छन् । बहुमतको सरकार बनाउन कम्तीमा ५४ सांसद आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?