अमरज्योति विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रिकेश चयन

व्यास नगरपालिका वडा न १४ अमरज्योति आधारभूत विद्यालयमा नयाँ बिद्यालय व्यवस्थापन समिति गठन भएको छ ।विद्यालय प्राङ्गण बिहिबार बसेको अभिभावक भेलाले रिकेश थापा अध्यक्ष पदमा चयन भएका छन भने उनको अध्यक्षतामा नयाँ सदस्यहरु गठन भएको छ । उक्त समितिको सदस्यहरुमा मोहन कुमार थापा, चित्र बहादुर थापा, नेत्र बहादुर थापा ,अमर थापा,विमा थापा र सरस्वती परियार सर्बसम्मत रुपमा चयन भएको हो ।  कार्यक्रमको सभापति निबर्तामन बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा समपन्न भएको सो कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिका वडा न . १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठ तथा विशिष्ट अतिथिहरुमा व्यास नगरपालिकाका कार्यपालिका सदस्य नरी माया राना,साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्द कुमारी थापा, वडा सदस्य मोहन कुमार थापा, रिकेश थापा तथा समाजसेवी नेत्र बहादुर थापा उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काजिमान श्रेष्ठले विद्यालयको समसामयिक चुनौती र तेस्को समाधान के कसरि गर्ने भन्ने विषयमा प्रष्ट परेका थिए । श्रेष्ठले आफ्नो कार्यकालमा ठीन नयाँगाउँको समग्र विकास र बिद्यालयको लागि भएको सहयोगको बारेमा समेत प्रकाश परे। तेस्तै नरी माया राना, नन्द कुमारी थापा, मोहन कुमार थापा, रिकेश थापा तथा नेत्र बहादुर थापाले समेत आ-आफ्नो धारण राखेका थिए ।

यस्तै भेलाले शिक्षक अविभावक संघको अध्यक्ष होम लाल थापाको अध्यक्षतामा नौ जना सदस्य रहने गरि नयाँ समिति समेत गठन भएको विद्यालयले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?