गायक पशुपति शर्माले युवा देखि वृद्धा सम्मलाई छमछमी नचाए

दमौली : पाँचौ आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको आज आठौ दिन चर्चित गायक नपशुपति शर्माले युवा देखि वृद्धा सम्मलाई छमछमी नचाए । व्यास नगरपालिका-३ विपी वनवाटिकामा जारी महोत्सवको आठौ दिन शुक्रवार शर्माले प्रेम देखि भजन गीत गाएर सबैलाई नचाएका हुन्  ।

शर्माले “मलाई अमेरिका यहि” “स्याङ्गजा जाने बाटैमा तनहुँ ” लगायत आधा दर्जन भन्दा बढी प्रस्तुति दिएका थिए ।उनका साथसाथै  बिहिवार गायिका मन्जु बिक लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो । गायक किरण भुजेल समस्या भएपछि उसको प्रस्तुती दिन नसकेको आयोजकले जनाएको छ ।

महोत्सव आज आठौ दिन  दिन करिब १२ हजार दर्शकले मेला अवलोकन गरेको र करिब १५ लाख बढीको कारोबार भएको महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।

 

भोलि भने गायक बद्री पंगेनी,संजिव सिं राना,गायिका कला लम्साल, प्रिया गुरुङ ,रहास्यकलाकार राजेन्द्र गिरी’गुन्द्रुके’ लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रस्तुती रहने आयोजकले बताएको छ ।

यस्तै महोत्सवमा शुक्रबार अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता समेत भएको थियो । पहिलो दिन बिहिवार ९ समुहको र दोस्रो दिन शुक्रबार ११ समुहको प्रस्तुति रहेको थियो । उक्त प्रतियोगिताको नतिजा माघ २ गते घोषणा गरी माघ ३ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुती, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिक स्थलको प्रबद्र्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी रुपमा रहेको आयोजकले जनाएको छ ।

महोत्सव माघ ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने सुरक्षाको बिसयमा समन्वय भैसकेको आयोजकले जनाएको छ ।

विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको छ । महोत्सवले स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?