दमौली : चिसो मौसममा चर्चित गायक उर्गेन दोङको गीतसंगीतले दमौली बजारको माहोल तताएको छ ।
बिहानै देखि नखुलेको चिसो मौसम, मादी र सेतीको किनार चिसो मौसममा दोङको गीत संगीतले दमौली विपी वनवाटिका खेल मैदानमा हजारौ तनहुँबासी झुमे ।
गायक दोङले पहिलो पटक दमौलीमा आइपुगेका दोङले “टाढा भएपनि” हाम्रो यो माया” माया तितो मिठो ” टाढा भएपनि२ “दुई दिनको माया “मुटु उपहार “किन हार्यो “छोटो जोवन ” गाएर सांगीतिक माहोल तताएका थिए।
व्यास नगरपालिका–५ स्थित मानुङमा रहेको सिद्ध युवा क्लवले महोत्सव स्थलमा आयोजन गरेको थियो ।
क्लवले संकलित मुनाफाबाट आँबुखैरनी गाउँपालिका -३ स्वामिभोटे निवासी ५१ वर्षीया मृगौला पीडितमिना माया थापाको उपचारको लागि सहयोग गर्ने जनाएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?