बद्री,सन्जिव र कलाले छमछमी नचाए तनहुँका दर्शकलाई

दमौली : पाँचौ आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको आज नवौं दिन चर्चित गायक  चर्चित गायक बद्री पंगेनी, गायिका कला लम्साल, गायक सन्जिव सिं रानाले युवा देखि वृद्धा सम्मलाई छमछमी नचाए ।

व्यास नगरपालिका-३ विपी वनवाटिकामा जारी महोत्सवको नवौं दिन शनिबार उनीहरु प्रेम, दुख्ख तथा पीडाका गीत गाएर सबैलाई नचाएका हुन्  । उनहरुका साथसाथै हर्के हवल्दार टेलिसिरियलका हास्य कलाकार  गिरी’गुन्द्रुके’ लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो ।

महोत्सव आज नवौं दिन करिब १३ हजार दर्शकले मेला अवलोकन गरेको र करिब १८ लाख बढीको कारोबार भएको महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।

भोलि भने चर्चित गायिका सम्झना लामिछाने मगर, गायक पवन राना, गायक बल बिक्रम थापा मगर गायक किरण भुजेल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रस्तुती रहने आयोजकले बताएको छ ।

त्यस्तैगरी महोत्सवको दशौं दिन आइतबार माघे संक्रान्तिको अवसरमा मगर जतिको विभिन्न नृत्य साथै संस्कृतिक कार्यक्रम हुने छ ।

 

यस्तै महोत्सवमा शनिवार खेलकुद अन्तर्गत कराते प्रतियोगिता सम्पन्न गरेको छ  । उक्त प्रतियोगिताको नतिजा माघ २ गते घोषणा गरी माघ ३ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुती, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिक स्थलको प्रबद्र्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी रुपमा रहेको आयोजकले जनाएको छ ।

महोत्सव माघ ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने सुरक्षाको बिसयमा समन्वय भैसकेको आयोजकले जनाएको छ ।

विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको छ । महोत्सवले स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?