व्यास १० मा ठुलो सख्यामा नेपाली काँग्रेसमा प्रवेश

व्यास नगरपालिको वडा नम्बर १० मा ठुलो सख्यामा नेपाली काँग्रेसमा प्रवेश गरेको छ । वडा नम्बर १० को विभिन्न गाउँबाट एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेको लर्को नै लागेको छ । यस क्रममा शनिबार अँधेरीभञ्ज्याङ र लामीडाँडामा गाउँबाट एमाले परित्याग गरी ७५ जना काँग्रेसमा प्रवेशमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा एमालेको राजनीतिमा लामोसमय सम्म लागेर जिम्मेवार पदमा बस्नेहरु समेत छन् भने केही काँग्रेस छाडेकाहरु पुनः काँग्रेसमा प्रवेश गरेकाहरु पनि  छन् । काँग्रेसमा प्रवेश गर्नेहरुमाल नेकपा एमाले व्यास नगर कमिटी सदस्य तथा २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा सदस्यको पदको उम्मेद्वार भएकी फूल माया दुरा विक, धैरेनी अधेरीभञ्ज्याङ टोल विकास सस्थाका अध्यक्ष बालकृष्ण विक, सुँदेरीगैरा लिफ्ट खानेपानीको अध्यक्ष चिजबहादुर विक, सुनौलो युवा क्लबका अध्यक्ष सुकबहादुर गुरुङ लगायत गरी ७५ जना काँग्रेस प्रवेश गरेका हुन् ।

अँधेरीभञ्ज्याङका ५० जना लामीडाँडाका २५ जना एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् । पार्टीको साधरण सदस्य प्रदान गरी फूलमाला र अबिर लगाएर कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति वैकुण्ठ न्यौपानेले स्वागत गरेका थिए । सो अवसरमा नगर प्रमुख न्यौपानले नव प्रवेशीलाई कुनै भेदभाव नगरी पाटीमा उचित स्थान र अवसर दिने बताए । विकास पाटीको आधारमा भेदभाव काँग्रेसले नगर्ने न्यौपानेको भनाई थियो । ‘‘पाटीमा प्रवेश गरेमात्रै बाटो पिच गरिदिन्छु, खानेपानी योजना पारिदिन्छु नेकपा एमालेका जनप्रतिनिधीले भनेका छन् तर हामी त्यस्तो भन्दैनौं विकासमा भेदभाव काँग्रेसले गर्दैन’’ नगर प्रमुख न्यौपानेले भने ।

साढे तीन वर्ष एमालेको सरकार भएपनि विकासमा भन्दा भ्रष्टाचारमा ध्यान दिएकाले जनताले परिवर्तनको प्रत्याभूति नगरेको उनको भनाई थियो । विकासमा पछाडी परेको भूगोललाई प्राथमिकता दिई कार्य अघि बढाएको नगर प्रमुख न्यौपानेले बताएका थिए । साथै उनले विश्व बैंकसँगको सहकार्य र गण्डकी प्रदेश सरकारसँग मिलेर सो क्षेत्रलाई जोड्ने मोटरमार्ग पक्की गर्ने कार्य अघि बढी सकेको बताए । कार्यक्रममा नेका वडा नम्बर १० का अध्यक्ष खड्गबहादुुर अधिकारीको अध्यक्षतमा भएको उक्त कार्यक्रममा  नेपाली काँग्रेसका जिल्ला सचिव विश्व वास्तोला, महाधिवेशन प्रतिनिधी तथा गण्डकी प्रदेशका सदस्य डोबाटे विक, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी समुन्द्र गोदार, नेका व्यास नगर सभापति शान्तिरमण वाग्ले, जिल्ला सदस्य पवित्रा पौडेल , क्षेत्रिय सचिव वडा नम्बर १० वडाध्यक्ष तुलसीराम सापकोटा, सदस्य पदम खनाल, नेपाल ट्रेड युनियन काँग्रेसका सभापति सुर्यचन्द्र हड्खले, काँग्रेस स्थानीय नेताहरु यज्ञप्रसाद शर्मा, इश्वरप्रसाद पौडेल,लक्ष्मी परियार, बलबहादुर शाही लगायतले पाटीलाई स्वागत गरेकालाई मानमर्दन नगरी गरी सम्मान तथा संरक्षण गरिने कुरामा जोड दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?