
दमौली : पहिले जङ्गलमा मात्र पाइने ‘कालिज’ प्रजातिको पक्षी अहिले धेरैका भान्सामा सहजै स्वादिलो परिकारका रुपमा पाइन्छ । यसको स्वादको पारखी बढ्न थालेपछि म्याग्देका एक व्यावसायीकले झण्डै तीन करोड लगानी गरेर कालिज फार्म सञ्चालनमा ल्याएका छन ।
व्यवसायी ईन्द्र प्रसाद तिवारीले म्याग्दे गाँउपालिका -७, वरभञ्याङ खर्कमा ‘कालिज फर्म गण्डकी कृषि फर्म’ले व्यवसायिक रुपमा कालिज सहित कडकनाथ र स्थानिय जातका कुखुरा पालन गर्न शुरुआत गरेका हुन ।
जङ्गलमा पाइने चिर कालिज नेपालमा संरक्षित पंक्षी भएकाले मार्न प्रतिबन्ध छ । अहिले विभिन्न प्रजातिका कालिज व्यवसायिक रुपमा पाल्न थालेपछि हरेकका भान्साको रोजाइ बन्दै गएको छ ।तिवारी दम्पतीले कालिजको माग बढेपछि गण्डकी प्रदेशको पर्यटकीय हवका रुपमा रहेका पोखरा ग्राहकलाई लक्षित पोखरा –काठमाडौं खण्डमा फर्म सञ्चालनमा ल्याएका हुन् ।
“हरेक कालिजले अण्डा दिनका लागी कम्तीमा ६ महिना पर्खन पर्दछ, त्यसपछि मात्र यसले उत्पादन दिन्छ,” तिवारीले भने: “कालिजलाई दाना र स्थानिय घाँस खुवाउँदै आएको छौ । जसले गर्दा कालिज अर्गानिक र स्वादिलो हुन्छ “।
प्रति कालिज २ हजार ५ सयमा भाले कालिन र १ हजार ८ सयमा पोथी कालिज विक्री गर्दे आएका तिवारीले वताए । अण्डाको प्रति क्रेट ९ सयमा विक्री हुन्छ । दैनिक ४ हजार वरावरको दानामा खर्च भएको वहाँले वताए । फर्ममा दैनिक १५०० सम्म अण्डा उत्पादन हुने उनले बताए ।
ठुलो लक्ष्यका साथ काम गरिएको हुदाँ अझ वढि लगानी गर्ने सोच छ । अव कृषि फर्म पनि शुरु गर्ने योजना रहेको उनले वताए । सम्वन्धित निकायले व्यवसायिक रुपमा कृषि र व्यवसायिक फर्मका लागी सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने पनि तिवारीले वताए ।
फर्ममा उत्पादित कालिज, कुखुराहरु पोखरादेखि देशभरि पुर्याउने उनको लक्ष्य रहेको छ ।
कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागी पालिका सदैव तत्पर रहेको पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए ।” गरेमा सवै थोक हुन्छ, यसका लागी गर्ने आत्माविश्वास र हिम्मत चाहिन्छ, “श्रेष्ठले भने : पालिकाबाट कृषि क्षेत्रको विकासका लागि सदैव सहयोग रहनेछ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?