तनहुँ कोरोना :म्याग्देकी ७६ वर्षीया संक्रमित महिलाको मृत्यु

तनहुँमा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा म्याग्दे गाँउपालिका २ की ७६ वर्षीया महिला चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा साउन ३२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसहित तनहुँमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या  १ सय २४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा तनहुँमा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा  ९ जना महिला र १४ जना पुरुष गरि २३ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज थपिएका सहित तनहुँमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ हजार १ सय ८८  पुगेको छ भने  कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ हजार ६ सय ३७ पुगेको छ ।

अहिले तनहुँमा  चार सय २७ जना सक्रिय सङ्क्रमति रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?