व्यास नगरपालिकाले भदौ ९ र १० गते कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ ।
नगरपालिकाले विज्ञप्ति जारी गर्दै गत साउन ११, १२ र १३ गते पहिलो मात्रा लगाएका र पहिलो मात्रा लगाएर छुट भएकालाई भेरोसेलको दोस्रो मात्रा लगाइने जनाएको छ ।
व्यास नगरपालिकाको सभाहलमा खोप सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?