
दमौली : पाँचौ आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको समापन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गर्ने भएको छ ।
व्यास नगरपालिका-३ विपीवनवाटिकामा जारी महोत्सवको समापन बुधवार मुख्यमन्त्री अधिकारीले गर्ने तय भएको नेपाल आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष एवं महोत्सवका मूल संयोजक सुजित हिराचन जानकारी दिए ।
एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख समेत रहेका अधिकारी महोत्सवको समापन समरोहलाई भोलि बुधवार दमौली आउने लागेको महोत्सवका संयोजक हिराचनले बताए ।
आज माघ ३ नै महोत्सव समापन गर्ने पर्ने योजना भएपनि जहाज दुर्घटनाको शोकमा हिजो एक दिन कार्यक्रम स्थगित गरेपछि भोलि समापन गर्ने लागेको आयोजक समितिले जनाएको छ ।
‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?