दमौली : जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ ।
नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगबाट लागेका पललाई मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले सफाइ दिएको हो ।
उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्ती करणीको मुद्दामा सफाइ दिएको थियो । तर, बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिबाना तोकेको थियो ।
उनी हाल तनहुँ कारागारमा छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?