कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गियो

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ ।क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको नेता डा मीनेन्द्र रिजालले जानकारी दिए  ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन गएराति सभापति देउवालाई बुझाएको हो । देउवा निवास बूढानीलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका थिए  ।प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरि महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताए ।

साउन ३० गतेको केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित कार्यतालिकाअनुसार कांग्रेसको गाउँ-नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ-नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।

यसैबीच, जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको नामावली सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नामावली सार्वजनिक नभएपछि मङ्गलवारदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने उनीहरुको तयारी छ ।

नामावली सार्वजनिक नभए आजैदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने उनीहरुको तयारी छ । आन्दोलन गर्ने चेतावनी पछि संस्थापन पक्षले प्राविधिक तयारी पूरा गरेर अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?