दमौली : तनहुँकाे म्याग्दे गाउँपालिका-१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा निशुल्क दन्त परिक्षण सिविर सम्पन्न भएको छ । पुर्व विद्यार्थी समाजकाे आयाेजना तथा लाेकप्रिय स्वास्थ्य क्लिनिक दमाैलीकाे सहयोगमा नि:शुल्क सिविर भएको थियो ।
सिविरमा ६५ जना दाँतका बिरामीहरूले दाँतकाे परिक्षण गरेका पुर्व विद्यार्थी समाजका अध्यक्ष बिकास खनालले बताए । विद्यालयकाे बार्सिकाेत्वकाे अवसर पारेर आयाेजित सिविरमा डेन्टल सर्जन डा. सुमित महासेठ , उषा थापा लगायतका डेन्टिस हरूबाट दाँत सम्बन्धि परिक्षण गरिएको अध्यक्ष खनालले बताए ।
सिविर सञ्चालन बाट दाँतका बिरामीहरूले घर गाउँमै सेवा पाएर खुसि भएको दाँतकाे उपचारको लागि आएकी केशिमाया थापाले बताइन् । दाँतकाे समस्या लामो समय देखि भए पनि जचाँउन जान अनुकूल नमिलिरहेकाे अवस्थामा आज आफ्नै ठाउँमा डाक्टर आएकाे थाहा पाएर आएकाे थापाले बताइन् । उनलेे डाक्टरबाट आवश्यक परामर्श लिएको र समस्याको बारेमा अवगत भएको बताइन् । म त हर्सा भएको हाेला भन्ठानेकाे थिएँ , तर हाेइन रहेछ उनलेे भनिन् ।थापा जस्तैः अन्य दाँतका बिरामी हरू पनि मानुङ , बर्च्याङ लगायतका ठाउँ बाट जचाउन अाएका थिए । दाँतकाे उपचारमा संलग्न डेन्टल सर्जन डाक्टर सुमित महासेठले किराले खाएकाे , दाँत हल्लिएकाे , गिंजामा फाेहाेर बसेकाे , बाङ्गाेटिङ्गाे दाँत भएको बिरामीहरू सिविरमा आएकाे बताए ।
सविरमा आवश्यक परामर्श सहित उपचारको आवश्यकता र यसले पुर्याउने हानिकाे बारेमा जानकारी गरायाैं डाक्टर महासेठले भने । यसअघि सिविरकाे कार्यक्रमका प्रमुख अतिथि म्याग्दे १ का अध्यक्ष मणिभद्र वाग्लेले उद्घाटन गरेका थिए ।
कार्यक्रमकाे उद्घाटन गर्दै वाग्लेले आफ्नै ठाउँमा आएकाे सिविरमा दाँतबाट पिडित भएका बिरामी हरूले माैकाकाे फाइदा लिनुपर्ने बताए । हामीहरूकाे लागि याे ज्यादै खुसिकाे कुरा भएको भन्दै उनलेे सिविर ल्याउने पुर्व विद्यार्थी समाज र सहयोग गर्ने लाेकप्रिय स्वास्थ्य क्लिनिकलाई धन्यवाद दिए ।
सिविरकाे प्राविधिक सहयोग गर्ने लाेकप्रिय स्वास्थ्य क्लिनिकका सञ्चालक राजु दाहालले विद्यालयमा अध्यनरत विद्यार्थीलाई प्राथमिकता दिएर सिविरकाे लागि सहयोग गरेको बताए ।
पुर्व विद्यार्थी समाजका अध्यक्ष बिकास खनालको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर नेपाली , प्र.अ. साेमबहादुर थापा , शिक्षक अभिभावक संघका अध्यक्ष भुपिन आले , रामबहादुर नेपाली , अमृता खनाल लगायतका बाेलेका थिए ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?