दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेमा रहेको धमिलिकुवा सामुदायिक बनको भीरबाट लडेर एक जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका–३ छबिसेका स्थानीय ४५ वर्षीय माधवबहादुर अर्जेल रहेका छन् ।
शनिबार साँझ ६:५५ बजे आफ्नो घरदेखि करिब ३०० मिटर पर धमिलिकुवा सामुदायिक बनमा भिरबाट लडेको अवस्थामा अर्जेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
उनका अनुसार अर्जेल सालको रुखको जरामा अड्किएको अवस्थामा भेटिएका थिए । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?