दमौली : तनहुँको घिरिङ गाउँपालिका–३, सुन्धारामा प्रधानाध्यापकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन्।
चन्द्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले एसईईको तयारीमा रहेका कक्षा १० का विद्यार्थीलाई काठको लठ्ठीले प्रहार गर्दा १५ वर्षीया लिला आले घाइते भएकी छिन्।
प्रधानाध्यापक आलेको कुटाइबाट घाइते भएकी आलेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरा झरौटामा उपचार भइरहेको छ।
उनको पिठ्युमा लठ्ठीको डाम बसेको छ। लठ्ठी प्रहारबाट देब्रे खुट्टा टेक्न नहुने भएको तथा बस्न समेत नसक्ने भएकी आलेलाई एम्बुलेन्समा राखेर सोमबार बिहान अस्पताल ल्याइएको थियो।
लठ्ठी प्रहारबाट देब्रे खुट्टा टेक्न र बस्न समेत नसकेकी आलेलाई एम्बुलेन्समा राखेर आज विहान अस्पताल ल्याइएको थियो । घट्ना आइतबार भएको हो । विहानैै अभिभावक विद्यालय पुगेपछि प्रधानाध्यापक थापाले नै समन्वय गरी एम्बुलेन्समा हालेर लिलालाई उपचारका लागि अस्पताल पठाएका थिए ।
उक्त विद्यालयको कक्षा १० मा अध्ययनरत ४२ जना विद्यार्थीमध्ये ६/७ जना बाहेक सवैले कुटाई खाएको पीडित विद्यार्थीहरुले बताएका छन् । घाइते लिलाका अनुसार कक्षागत मुल्यांकनमा आफुले भनेजति प्राप्तांक नल्याएको भन्दै प्रधानाध्यापक थापाले १३/१४ पटकसम्म लठ्ठीले हानेका थिए ।
उनले घट्नाबारे इलाका प्रहरी कार्यालय भिमादमा निवेदन दिएका छन् । आफुले कुटेको कारण विद्यार्थी अस्पताल भर्ना नभएर पुरानो बिमार (कोखा दुख्ने) समस्याले गर्दा भर्ना हुनुपरेको प्रधानाध्यापक थापाको भनाई छ । तर, आफुले गल्ती महशुस गरेको भन्दै अबका विद्यार्थी नकुट्ने बताएका छन् ।
घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा मगरले अहिलेको समयमा विद्यार्थी कुटेर पढाउने शैली गलत भएको बताएको विभिन्न संचारमाध्यमले उल्लेख गरेको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?