व्यास नगरपालिका वडा न. १ स्थित निर्मल माध्यमिक विद्यालयमा आज नयाँ विद्यालय व्यवस्थापन समितिको गठन भएको छ।
विद्यालय प्राङ्गणमा बिहीबार बसेको भेलाले सर्वसम्मत रुपमा तमबहादुर दरैलाई अध्यक्षमा चयन गरेको हो ।उक्त समितिमा बिष्णुहरि न्यौपाने,इन्द्र बहादुर मल्ल,शान्ता छिमाल गरी चार सदस्यीय समिति गठन भएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए।
उनका अनुसार आजै शिक्षक अभिभावक संघको समेत गठन भएको छ । संघको अध्यक्षमा हरिशरण खनाललाई सर्वसम्वत चयन गरेका छ भने सदस्यहरुमा होमबहादुर श्रेष्ठ,चिजा भुजेल,रामकुमारी आले र बिना थापा चयन भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका तदर्थ संयोजक तथा व्यासनगरपालिका–१ का वडाध्यक्ष खरसिं दरैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पूर्ण निर्बाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?