म्याग्दे गाउँपालिकामा व्यवसाय सचेतना कार्यक्रम

दमौली : ” सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ” भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका वडा नं २ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत व्यवसाय सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्थानिय स्तरमा नै सिप सिकेर आत्मनिर्भर वनाउने हेतुले कार्यक्रम संचालन गरिएको हो ।


सिप सिकेर आत्मनिर्भर वन्ने मुख्य लक्ष्य राखेको कार्यक्रममा सहभागिहरुलाई विभिन्न विधामा प्रशिक्षण दिईएको थियो ।

समाजका विपन्न तथा आर्थिक वर्गलाई उत्पादन र सीप सँग जोडेर गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले विभिन्न कार्यक्रम गर्दे आईरहेको छ । वडा न. २ मा रहेको स्थानियहरुलाई समावेश गरि व्यवसाय कसरी गर्ने वारेमा प्रशिक्षण दिईएको हो ।

प्रशिक्षण कार्यक्रममा स्थानिय स्तरको २६ जना स्थानिय वासिन्दाले तालिममा सहभागिता जनाएका छन् ।
सचेतना कार्यक्रममा पहिला प्रशिक्षण दिने र पछि व्यवहारिक तालिम दिईने मेडपाका फोकल पर्सन प्रदिप न्यौपानेले जानकारी दिए । सहभागीहरुलाई अचार वनाउने, धुप, अगरवत्ति लगायतको तालिम दिईनेछ, ताकि सहभागीहरुले सिप सिकेर आत्मनिर्भर वन्न सकोस, न्यौपानेले वताए ।


सचेतना कार्यक्रममा राजकुमार श्रेष्ठले सिपको वारेमा प्रशिक्षण दिएका थिए । सीप नै जीवनको प्रमुख आधार वन्ने हुदाँ सीपलाई सानो सोच्न नहुने श्रेष्ठले वताए । कुनै पनि व्यवसायमा सकारात्मक सोच राखेर अगाडी वड्ने हो भने सफलता पाउन सकिन्छ, तर यसमा धैर्यता आवश्यकता पर्दछ ।

सिकेका सीपको निरन्तरता र व्यवहारिक कार्यन्वयनले यसको महत्व हुने हुँदा तालिम लिएर मात्र हैन, त्यसको अभ्यासले स्वलम्वी वन्न सकिने श्रेष्ठले वताए ।
आठ दिन सम्म चल्ने व्यवसाय सचेतना कार्यक्रम मा व्यवहारिक कक्षा शुरु हुने न्यौपानेले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?