काठमाडौ : प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा राष्ट्रिय सहमतिको प्रसङ्ग उठाएको छ।
मङ्गलवार बैठकमा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको अहिलेको समस्या समाधानका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताए।
उनले भने, ‘अहिले मुलुकको अहिले कमसल अर्थतन्त्र छ। भूराजनीतिक दबाब। हाम्रो आकाशमाथि नयाँ किसिमको शीतयुद्ध मडारिरहेको छ। हिजो शीतयुद्ध युरोपको आकाशमा मडारिएको थियो। आज हाम्रै हिमालमाथि मडारिरहेको छ। यो अवस्थाबाट सजग हामी हुनुपर्छ।’
उनले भने, ‘देशले अहिले कुशासन भोग्नु परेको अनुभूति हुन्छ। तलदेखि माथिसम्म भ्रष्टाचार विकेन्द्रीकरण भइरहेका छन्। यसलाई रोक्न सबै एकजुट हुन आवश्यक छ। भ्रष्टाचार गर्नेहरूलाई राजनीतिक दलहरूले आड भरोसा दिइरहेका छन्। त्यसलाई निरुत्साहित गर्न सबै दल एक ठाउँमा हुनुपर्छ।’
लोकतन्त्र र संविधानलाई जोगाएर जान पनि दलहरू मिल्न आवश्यक भएको उनको भनाइ छ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?