दमौली : नेवाः देय दवू गुठी समन्वय समितीको आयोजनामा तनहुँको दमौलीमा ईही (वेल विवाह) कार्यक्रम शुरु भएको छ ।
नेवारी संस्कृति र परम्परा अनुसार गरिने वेल विवाह कार्यक्रम नेवारी पण्डित लाल प्रसाद प्रधान र वावुकुमार श्रेष्ठले गर्नेछन् ।
२०७० सालदेखि नै ईही (वेल विवाह) कार्यक्रम शुरु गर्दे आएको नेवाः देय दवु गुठी समन्वय समितीका अध्यक्ष सन्तलाल श्रेष्ठले वताए ।
१६ जना नेवारी किशोरीहरु को (५ वर्ष देखि ११ वर्ष सम्म) ईही (वेल विवाह) हुने समितीका उपाध्यक्ष शंकरकुमार श्रेष्ठले वताए ।
नेवारी परम्परा भित्र रजस्वला हुनभन्दा अगाडी नै ईही (वेल विवाह) गरिने परम्परा रहेको छ । ईही (वेल विवाह) कार्यक्रममा जिल्लाभरवाट सहभागिता रहेको समितीले जनाएको छ ।
कार्यक्रम यहि माघ ११ गतेसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?